विस्थापित परिवारलाई सहयोग

विस्थापित परिवारलाई सहयोग

दैलेख असोज १२ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बर्षातका कारण घर भत्किएर विस्थापित भएका घरपरिवारलाई सहयोग उपलब्ध गराएको छ । डिसीए नेपालको सहयोगमा सहयोग हस्तान्तरण गरिएको हो । नारायण नगरपालिका–२ का कनकबहादुर सिजाली, मिना रोकाय, महेश कुमार थापा र प्रेमबहादुर सार्कीको परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो । सोमवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्वअध्यक्ष एवं सल्लाहका समितिका संयोजक सिता कुमारी रानाले सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।
संस्थाका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाका अनुसार प्रतिपरिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी नुन, २ केजी दाल, ४ वटा ब्रस, एक वटा मनजन, ४ वटा कपडा धुने साबुन, ४ वटा नुहाउने साबुन र १० मिटर पिफर्म सहयोग गरिएको हो ।

प्रतिक्रिया