बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं असोज १२ गते । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न निर्देशन दिइसकेको बताएका छन् । पञ्चायती बस्ने र बलात्कारको घटनामा मेलमिलाप गराउनेलाई मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको उनले  बताए ।

लात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ) का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको टिप्पणी गरे । उनले यस्तो मिलापत्र गराउनेलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलत्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिसकेको भन्दै मिलापत्र गराउने कार्यमा संलग्नमाथि पनि कारवाही अघि बढेको जानकारी दिए । ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल  महिला  संघकी संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही, पीडितको उपचार, सुरक्षा र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन् ।

प्रतिक्रिया