अहिलेसम्मकै उच्च संक्रमित,एकैदिन थपिए ३ हजार ४३९ मा संक्रमण पुष्टि

          |   प्रकाशित मितिः बुधबार, अशोज २१, २०७७     ::: 117 पटक पढिएको   |  

एकैदिन थपिए ३ हजार ४३९ कोरोना संक्रमित

काठमाडौँ असाेज २१ गते । नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २५ हजार ७ जना रहेको छ ।२४ घण्टामा १ हजार १२६ जना कोरोना संक्रमित डिस्चार्ज २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार १२६ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख १३ हजार ४८६ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १४ हजार २०९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार १६४ जना रहेका छन् ।



Leave a comment

Your email address will not be published.


*