दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि ५० लाख बजेट

दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि ५० लाख बजेट

६४९ स्थानीय तहमा अस्पताल निर्माण गर्न ६४ करोड ९० लाख विनियोजन

काठमाडौं असाेज २८ गते ।  सरकारले देशभरका विभिन्न २१ अस्पतालमा आईसीयू र भेन्टिलेटर थप गर्नका निम्ति बजेट पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार साउन ११ गतेको मन्त्रिपरिषद निर्णय अनुसार केही अस्पतालमा आईसीयू र भेन्टिलेटर थप गर्न बजेट पठाइएको हो। 

प्रवक्ता गौतमका अनुसार कोरोनाको उपचारका लागि भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै प्रश्न उठेका बेला यसको व्यवस्थापनका बजेट पठाइएको हो। कोशी, नारायणी, भरतपुर, भेरी, डडेलधुरा अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच-पाँच भेन्टिलेटरसहित १५-१५ आईसीयू निर्माणका लागि तीन-तीन करोड गरेर ३६ करोड रुपैयाँ पठाइएको छ। 

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार भेन्टिलेटर र १० आईसीयू बेड थप गर्नका निम्ति दुई करोड र ३४ भेन्टिलेर एक सय आईसीयूका लागि २० करोड पठाइएको छ। 

सँगै २०७७ भदौ २१ को कोभिड कोषको निर्णय अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १० भेन्टिलेटर, १४ आईसीयूका लागि पाँच करोड ५७ लाख पठाइएको छ। धुलिखेल अस्पताल पाँच भेन्टिलेर १४ आईसीयूका लागि दुई करोड ८५ लाख, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २० भेन्टिलेरसहित आईसीयूका लागि आठ करोड ४० लाख पठाइएको छ। 

सँगै विभन्नि प्रदेशका जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटरका लागि २८ करोड पठाइएको हो। धनकुटा, पाँचथर,  सर्लाही, नुवाकोट, धादिङ, दमौली, कपिलवस्तु, अर्घाखाँची, महाकाली, टीकापुर, कालिकोट र सल्यान जिल्ला अस्पतालमा चार-चार भेन्टिलेटर र १०-१० आईसीयूका लागि दुई-दुई करोडका दरले २८ करोड रुपैयाँ पठाएको छ।

सँगै जाजरकोट चौरजहारी अस्पताल र दैलेख अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि ५० लाखको दरले एक करोड रुपैयाँ पठाइएको छ। त्यसैगरी स्वास्थ्य अनुसन्धान परिषदलाई कोरोना सम्बन्धि अनुसनधाका लागि दुई करोड दिइएको छ। सरकारले घोषणा गरे अनुसार प्रत्येक स्थानीय तहमा पाँच बेडको अस्पताल निर्माणको कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा १० लाखको दरले ६४९ स्थानीय तहमा ६४ करोड ९० लाख निकासा  गरिएको छ।  

प्रतिक्रिया