कोरोनाबाट बर्दियामा ४२ वर्षीय पुरुषको मृत्यु

कोरोनाबाट बर्दियामा ४२ वर्षीय पुरुषको मृत्यु

 बर्दिया कात्तिक २ गते । कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ६ निवासी ती पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।स्वास्थ्य समस्याका कारण असोज १४ गते मेडिकल कलेज कोहलपुरमा उपचारका लागि भर्ना भएका उनको अर्को दिन स्वाबको नमूना संकलन भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । 

मेडिकल कलेजमै स्वाब परीक्षण गरिएका पुरुषको १६ गते नतिजा पोजेटिभ आएको हो । श्वासप्रश्वासमा समस्या आएपछि असोज २७ गते भेरी अस्पताल नेपालगञ्जमा थप उपचारका लागि पुर्याइएको थियो।श्वासप्रश्वासमा समस्या (एआरडीएस) का कारण ४२ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ । यससँगै बर्दियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा मृतकको शव ठाकुरबाबामा व्यवस्थापन गरिएको हो । कोभिडको महामारी कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य कार्यालयले विषेश अनुरोध गरेको छ ।

प्रतिक्रिया