संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

काठमाडाैं कात्तिक २ गते । नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा २९ सय ४२ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । 

२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा २३ सय २६ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।सक्रिय संक्रमित ३९ हजार ३ सय ४१ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ भएको छ । देशभर ४ हजार ८ सय ३१ जना क्वारेन्टीनमा रहेका छन् ।

प्रतिक्रिया