राउटे समुदायलाइ मुख्यमन्त्रीको उपहार ः मासिक दुई हजार भत्ता, राउटे उत्साहित

राउटे समुदायलाइ मुख्यमन्त्रीको उपहार ः मासिक दुई हजार भत्ता, राउटे उत्साहित

राउटे मुखिया सुर्य नारायण मुख्य मन्त्री माननिय महेन्द्र वहादुर शाही ज्युस‌ग कुरा राख्दै

दैलेख कर्णली प्रदेशका मुख्य मन्त्री माननिय महेन्द्र वहादुर शाही राउटे वस्तीमा पुगेर मासिक दुई हजार भत्ता धोष्णा गर्नु भएको छ । कर्णाली प्रदेश सरकारमा सरकारकै भबिस्यको बारेमा सत्ताधारी दल भित्रै सकस चलिरहेको बेला मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहित प्रदेश सरकारका तीन मन्त्री राउटे बस्तिमै पुगेरै राहात सहित बन भोज अयोजना गरेका छन ।

सुर्खेतको चिङाड गाउपालिका वार्ड न ४ देउरालि भन्ने ठाउमा बसाइ सरेका राउटे बस्तिमै पुगेका शाहीलाई गुरास गाउँ पालिका अध्यक्ष्य खेमराज वलिले स्वागत सहित ज्ञापन पत्र पेश गरेका थिय ।
ज्ञापन पत्रलाइ सम्बोधन गर्दै मुख्यमन्त्री शहिले नेपाल सरकारले लोपोन्मुख अल्पसंख्यक राउटे समुदायहरुका लागि दिदै आयको प्रतिब्यक्ती तीन हजारमा कर्णाली प्रदेश सरकारबाट २हजार थप गर्ने घोषणा गरेका छ्न । त्यस्तै राउटे समुदायको स्वास्थ सेवाको लागि स्वस्थ्यकर्मी,शिक्षा दिक्ष्याको लागि शिक्षक,सुरक्षित बासको लागि भवन निर्माण गर्ने घोसणा गरेका छ्न । त्यस्तै गत बर्स राउटे समुदायलेनै बृक्ष्यारोपण गरेको कमिर पाखा क्षेत्रलाइ राउटे बाटिका बनाउने समेत प्रतिबधता ब्यक्त गरेको छ्न ।

बडादशैको पुर्बसन्ध्यामा प्रतीघर पुग्नेगरी चामल,दाल,नुन,तेल सहित एकायक मुख्यमन्त्री महेन्द्र बहादुर शाही ,भुमी व्यवस्ता तथा कृषि सहकारी मन्त्री बिमला के सि र सामजिक विकास मन्त्री दल रावल सहित माननीय अमर थापा, गुराँस गापा अध्यक्ष खेमराज वलि,हिरासिङ थापा, स्थानिय जनप्रतिनिधि सहित अन्य सर्बसाधारणको उपस्थिती थियो ।

प्रतिक्रिया