मिर्गौला सुरक्षित राख्ने सामान्य काइदा

मिर्गौला सुरक्षित राख्ने सामान्य काइदा

मिर्गौलाकोे काम शरीरमा रगतलाई शुद्धिकरण गर्नु हो । जब मिर्गौलाको कार्यक्षमतामा ह«ास आउँछ, शरीर विषाक्त बन्छ । एकपछि अर्को अंगमाथि भार थपिन्छ । अन्ततः समग्र शरीर नै कमजोर र रोगी हुन्छ ।मिर्गौला रोग लागेपछि उपचार झन्झटिलो हुन्छ । झन्झटिलो मात्र होइन, खर्चिलो पनि । खर्चिलो मात्र होइन, कतिपय अवस्थामा असंभव पनि ।

चिकित्सकहरु भन्ने गर्छन्, हाम्रो खराब आनीबानीले मिर्गौलामा रोग लाग्छ । हाम्रो खानपान, दिनचर्या नै मिर्गाैला रोगको कारण हो । कतिलाई जन्मजात यो समस्या हुन्छ भने, कतिलाई बाह्य कारणले पनि मृगौलाको रोग लाग्छ ।

मिर्गौलाको रोग लागेर उपचार खोज्नुभन्दा, मिर्गाैला स्वास्थ्य राख्नु राम्रो हो । यसका निम्ति हाम्रो आनीबानी परिवर्तन गर्नुपर्छ ।

नुनको सेवन कम गर्ने

नुनमा सोडियमको मात्रा अधिक हुन्छ । अधिक मात्रामा सोडियमको सेवनले शरीरमा उच्च रक्तचापको समस्या निम्तने गर्छ । मिर्गौला सम्बन्धि कति समस्या उच्च रक्तचापका कारण हुन्छ भने उच्च रक्तचापका कारण पनि मृगौला सम्बन्धि समस्या हुने गर्छ ।

त्यतिमात्र नभई, धेरै नुनको सेवनकै कारण मिर्गौलामा पत्थरीको समस्या समेत हुने सम्भाmवना बढ्छ । र,  मिर्गौलामा पत्थरी भएमा समयमै यसको उपचार नगरे यसले मिर्गौलालाई बिगार्न सक्छ ।

पर्याप्त मात्रामा पानीको सेवन

मिर्गौलालाई स्वस्थ राख्न पर्याप्त मात्रामा पानीको सेवन निकै जरुरी छ  । दिनमा तीन देखि चार लिटर पानीको सेवन गर्नाले मिर्गौलाले शरीरमा भएको विषाक्ततालाई पिसाबबाट बाहिर निकाल्ने गर्छ । तर आवश्यक्ता भन्दा बढी मात्राले समेत मिर्गौलामा असर पर्न सक्ने हुदाँ यसबारे भने ध्यान दिन आवश्यक छ ।

रोग नियन्त्रण गर्ने

मधुमेह, उच्च रक्तचाप तथा मुटु सम्बन्धि समस्या भएमा तुरुन्तै चिकित्सकसँगको परामर्शमा औषधि सेवन गरी उक्त रोगलाई नियन्त्रणमा राख्नु पर्छ । किनकी यस प्रकारका कुनै पनि रोगले सबैभन्दा पहिला मिगौलालाई  असर पार्ने हुँदा  मिर्गौलालाई  स्वस्थ राख्नका लागि पनि शरीरमा भएका विभिन्न रोगहरुलाई नियन्त्रणमा राख्न जरुरी छ ।

पिसाब नरोक्ने

मिर्गौलालाई स्वस्थ राख्ने सबैभन्दा राम्रो उपाय भनेको पिसाब नरोकनु वा बेलाबेलामा पिसाब फेर्नु हो । पिसाबलाई धेरै बेर रोकिराख्नाले यसले  मिर्गौलामा नकारात्मक प्रभाव पार्न सक्छ । त्यस्तै, कम पिसाब हुनु, दुई लिटुर भन्दा कम पिसाब हुनुले पनि मिर्गौलामा नकारात्मक असर पार्ने हुदाँ मिर्गौलालाई  स्वस्थ राख्न तथा मिर्गौलामा कुनै समस्या छ कि छैन भनेर हेर्न पनि बेला बेलामा पिसाब फेर्न जरुरी छ ।

सन्तुलित आहार

पछिल्लो समय गलत खानपान, अत्याधिक मात्रामा जंकफुडको सेवन तथा शरीरमा पानीको कमीका कारण पनि कम उमेरमै मानिसहरुलाई मिर्गौला सम्बन्धि समस्याले सताउने गरेको छ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्नका लागि भिटामिन, मिनरल्स तथा प्रोटिन लगायतका पोषणतत्वयुक्त आहार  सेवन गर्न जरुरी छ  ।

पोषणयुक्त तथा सन्तुलित आहारको सेवनले मिर्गौलामा सही पोषण पुग्छ र यसकोे कार्यक्षमता बढ्छ ।  जबकी बजारमा पाइने अस्वस्थकर, अखाद्य तथा रसायन मिसाइएको खानेकुराले मिर्गौलामा नकारात्मक असर पारी त्यसको कार्यक्षमतामा ¥यास ल्याउने गर्छ ।

झोलिलो पदार्थको सेवन

मिर्गौलालाइ स्वस्थ राख्न पर्याप्त मात्रामा पानीको सेवन जति जरुरी छ, झोलिलो पदार्थको सेवन पनि त्यति नै जरुरी छ । विशेषगरी, फलफुलको रस, दालको झोल लगायतका पेय पदार्थबाट शरीरले पर्याप्त मात्रामा झोलको पुर्ति हुने गर्दछ ।

यस्ता झोलिलो पदार्थमा शरीरलाई चाहिने सबै किसिमका आवश्यक पौष्टिक तत्व रहेको हुन्छ । जबकी बजारमा पाइने चिसो पेय पदार्थ, चिया तथा कफीको सेवनले भने मिर्गौललाई नराम्ररी प्रभावित पार्न सक्छ । त्यसैले, यस्ता झोलिलो पदार्थ सेवन गर्नबाट सधै सावधान हुन जरुरी छ ।

औषधि

मिर्गौलाका रोगीहरु मात्र नभएर सामान्य मानिसहरुले पनि औषधिके  सेवन गर्नु पूर्व जहिले पनि चिकित्सकको सल्लाह लिएरमात्र औषधिको सेवन गर्नुपर्छ । जस्तो सुकै दुखाईमा पनि आफू खुशी औषधिको सेवन गर्नु हुँदैन । यसले मिर्गौलालाई नराम्ररी विर्गान सक्छ ।

धुमपान तथा मद्यपान

धुमपान तथा मद्यपानका कारण पनि मिर्गौलालाई असर पर्न सक्छ । धुमपान तथा मद्यपानले शरीरमा विषाक्तको प्रवाह गर्छ । जसका कारण मिर्गौलाले काम गर्ने क्षमतामा कमी आउने गर्छ ।

मोटोपना

अनुसन्धानहरुले जनाए अनुसार मोटोपना हुने व्यक्तिमा समेत मिर्गौला सम्बन्धि रोग लाग्ने जोखिम धेरै हुने गर्छ । यस्तो जोखिम सामान्य मानिसहरुको तुलनामा मोटापना भएका मानिसमा दोब्बरले हुने गर्छ । त्यसैले, मिर्गौला सम्बन्धि रोग लाग्नबाट बच्नका लागि पनि मोटोपनाहुनबाट बच्न जरुरी छ ।

नियमित स्वास्थ्य परिक्षण

मिर्गौलालाई बिग्रनबाट जोगाउने सबैभन्दा राम्रो उपाय भनेको नियमित स्वास्थ्य परिक्षण हो । पिसाब , रगत तथा मिर्गौलाकोे नियमित परीक्षणबाट मिर्गौला सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ । साथै, परिवारमा कसैलाई मधुमेह, उच्च रक्तचाप, हृदयाघात तथा क्यान्सरजन्य रोग लागेको छ भने, तीस वर्षको उमेर पश्चात्त नियमित स्वास्थय परिक्षणद्धारा पनि मिर्गौला सम्बन्धि रोग लाग्नबाट बचाउन तथा प्रारम्भिक जाँच मार्फत गम्भीर रोग लाग्नबाट समेत जोगाउन सकिन्छ ।

प्रतिक्रिया