नेपालमा कोरोनाबाट ११ सय ८ जनाको मृत्यु

नेपालमा कोरोनाबाट ११ सय ८ जनाको मृत्यु

काठमाडौं कात्तिक २३ गते । पछिल्लो २४ घण्टामा २८ सय १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३५ हजार ४१९ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना छन्। यस्तै क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार २८ सय १२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ। आइसीयूमा ३९८ जनाको र  ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ११ सय ८ जनाको मृत्यु भएको छ। आइतबार मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 

प्रतिक्रिया