डोरी चुँडिएको छैन : प्रचण्ड

डोरी चुँडिएको छैन : प्रचण्ड

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार दिउँसो महासचिवलगायतका नेताहरूसँग छलफल गरेका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । 

नेता नेम्वाङका अनुसार प्रचण्डले पार्टीभित्र केही गम्भीर विवाद देखिए पनि एकताको डोरी नचुडिएकाले यसलाई सम्हाल्दै लानुपर्ने बताएका छन् ।‘अहिले डोरी चुडिएको छैन । केही गम्भीर भनेर सबैको चर्चा छ । तर, डोरी चुडिएको छैन’, भेटपछि प्रचण्डको भनाइ उद्धृत गर्दै नेम्वाङले भने, ‘त्यसैले समाधानको बाटो खोज्दै जाऔं । त्यसमा मेरो पनि पनि भूमिका हुन्छ भन्नुभएको छ ।’

प्रचण्डसँगको भेटमा नेता नेम्वाङले स्थायी कमिटीले गरेको निर्णय अनुसार पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको बताए । भेटमा पार्टीलाई स्थायी कमिटीले गरेका निर्णयका आधारमा एकजुट बनाएर अघिबढ्नुपर्छ त्यसको विकल्प नभएको बताएको नेता नेम्वाङले सुनाए । 

उता महासचिव पौडेलले भने प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा पस्थिति गम्भीर रहेको बताएका छन् । महासचिव पौडेलले पत्रकारसँग भने, ‘परिस्थिति गम्भीर छ।’ महासचिवसँगको भेट सकेपछि अध्यक्ष प्रचण्डले नेता नेम्वाङसँग भेट गरेका हुन् ।  

प्रतिक्रिया