२ लाख २७ हजार ६४० संक्रमित मध्ये २ लाख ९ हजार ४३५ डिस्चार्ज

२ लाख २७ हजार  ६४० संक्रमित मध्ये २ लाख ९ हजार ४३५ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख २७ हजार  ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।१६ हजार ७९३ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १६ हजार ७९३ जना आइलोसनमा र ६८० जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १४ सय ३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।  बिहीबार कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। योसहित मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया