नेकपा सचिवालय बैठक १६ गते बस्ने, दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गरिने

          |   प्रकाशित मितिः शनिबार, मंसिर १३, २०७७     ::: 89 पटक पढिएको   |  

काठमाडौँ : सत्तारुढ नेकपाको सचिवालय बैठक पुन: १६ गते बस्ने गरी सकिएको छ । आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए । ‘दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि बताए ।



Leave a comment

Your email address will not be published.


*