नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौँ : नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ सय नाघेकाे छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।थप २९ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ०८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् ।मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

प्रतिक्रिया