बुधबार बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक

बुधबार बस्‍ने गरी सकियो नेकपा सचिवालय बैठक

बालुवाटारमा मंगलबार बसेको नेकपा सचिवालय बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सचिवालय

काठमाडौँ : सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार पुन: बस्ने गरी सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकाले बुधबार फेरि बालुवाटारमै बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आजको बैठकमा कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव र त्यसको जवाफमा मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए ।प्रवक्ता श्रेष्ठले दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको बताए ।

प्रतिक्रिया