वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दी पुल उद्घाटन

          |   प्रकाशित मितिः बिहिबार, मंसिर १८, २०७७     ::: 174 पटक पढिएको   |  

दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन्। नेता पौडेलले कांग्रेसका कार्यकर्ताको बाक्लो उपस्थितिमा पुल उद्घाटन गरेका हुन्।बुल्दी पुल पारी आयोजित सभामा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेलसहित केन्द्रीय सदस्यहरू उपस्थित थिए। बुधबार पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा पछि मात्रै छाडेको थियो।

तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो। तनाव हुने सृजना देखेपछि स्थानीय प्रशासनले पुल क्षेत्र आसपासमा निषेधाज्ञा समेत जारी गरेको थियो। निषेधाज्ञाबीच पुल उद्घाटन गर्न खोजेपछि नेता पैडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कार्यक्रममा नेताहरुले पुल उद्घाटन रोकेक भन्दै सरकार र स्थानीय प्रशासनको आलोचना गरेका छन् ।



Leave a comment

Your email address will not be published.


*