३ सचिवको सरुवा, ५ अस्पताल प्रदेशमा हस्तान्तरण

३ सचिवको सरुवा, ५ अस्पताल प्रदेशमा हस्तान्तरण

काठमाडौं : सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलहर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत रहने निर्णय गरेको हो । अब यी अस्पतालको व्यवस्थापनको जिम्मा प्रदेश सरकारको हुनेछ ।

मन्त्रिपरिष्याद बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समितिका कार्यकारी निर्देशकमा भद्रपुर झापाका डा. विष्णुदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।मन्त्रिपरिषद बैठकले ३ जना सचिवको सरुवा पनि गरेको छ । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल अतिरिक्त समूहमा र अतरिक्त समूहमा रहेका गोकर्णमणि दुवाडी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

हेर्नुहोस् मन्त्रिपरिषद बैठक

प्रतिक्रिया