ओली र प्रचण्ड सहमति : अध्यादेश र विशेष अधिवेशन सम्बन्धी हस्ताक्षर फिर्ता

ओली र प्रचण्ड सहमति : अध्यादेश र विशेष अधिवेशन सम्बन्धी हस्ताक्षर फिर्ता

काठमाडौँ : पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि तयार भएको एक नेताले जानकारी दिए । 

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो । त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको थियो । ओली र दाहालबीचको दोस्रो चरणको वार्तामा महासचिव विष्णु पौडेल र नेताहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल पनि सहभागी थिए ।

प्रतिक्रिया