नेपालमा २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण

        ज्वाला सन्देश संवाददाता   |   प्रकाशित मितिः बिहिबार, पुस २, २०७७     ::: 284 पटक पढिएको   |  

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३०८ महिला र ४६८ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । 

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ भने २४ घण्टामा ६ हजार ५८८ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ ।

२४ घण्टामा ९४७ कोरोनामुक्त, ६ को मृत्यु

२४ घण्टामा ९४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४० हजार ३६३ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।



Leave a comment

Your email address will not be published.


*