प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् ।मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २८ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया