दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम नियुक्त

दिगो विकास तथा सुशासन समितिमा वामदेव गौतम नियुक्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय दिगो विकास तथा सुशासन समितिमा नियुक्त गरेको छ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकले नेता गौतमलाई सर्वसम्मत रुपमा मनोनयन गरेको हो।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम गौतमलाई मनोनय गरेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए। यस्तै बिहीबारको बैठकमा प्रधानमन्त्री केपी ओलीकोतर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७ सभा समक्ष पेश गरेका थिए।

बैठकमा वामदेव गौतम,उदयशर्मा पौडेल, कोमल ओली, रमेशचन्द्र रायमाझी, खेमलाल भट्टराई मृगेन्द्र कुमारसिंह यादव,रामनारायण बिडारीलगायत सांसदहरुले आ-आफ्ना धारणा राखेका थिए। राष्ट्रियसभाको अर्को बैठक यही पुष २४ गते दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया