अदालतमाथि शंका गर्नु सर्वसत्तावाद हो : कोमल ओली

अदालतमाथि शंका गर्नु सर्वसत्तावाद हो : कोमल ओली

काठमाडौं : राष्ट्रिय सभा सदस्य कोमल ओलीले अदालतमाथि शंका गर्नेहरु सर्वसत्तावादी भएको बताएकी छन् । शुक्रबार राष्ट्रियसभामा बोल्दै ओलीले यस्तो बताएकी हुन् ।प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सबैतिर शंका भइरहेको भन्दै उनले ओलीको बचाउँ गर्दै यस्तो बताएकी हुन् । उनले सबैतिर शंका गर्नु ठिक नभएको बताइन् । ‘अहिलेको सरकार सर्वसत्तावादी भयो भन्ने ?’, ओलीले भनिन्, ‘अदालतमाथि जसले शंका गरेको छ त्यो हो सर्वसत्तावादी । त्यसलाई अनावश्यक दबाबमा राख्नु त्यो हो सर्वसत्तावाद ।’ 

उनले संविधान भनेको आशय भएको दाबी गरिन् । बेलायतमा अलिखित संविधान भएको र त्यहाँको परम्परा र संस्कृति अनुसार अदालतले व्याख्या गर्ने र त्यसलाई नै नेताले स्वीकार गर्ने बताउँदै हामीले पनि त्यसलाई अनुसरण गर्नुपर्ने बताइन् । 

 

प्रतिक्रिया