निर्वाचन सुरक्षा रणनीति पेस

निर्वाचन सुरक्षा रणनीति पेस

काठमाडौँ : सुरक्षा निकायहरूले आउँदो वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचन लक्षित सुरक्षा रणनीति पेस गरेका छन् । बजेट र आवश्यक उपकरणको प्रारम्भिक खाका पनि पेस गरिएको छ ।गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव महेश्वर न्यौपाने, अर्थ सचिव शिशिर ढुंगाना तथा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी बैठकमा यसअघि गठित निर्वाचन सुरक्षा तथा तयारी समितिका तर्फबाट तयार पारिएको खाका पनि पेस गरिएको छ ।

गृह प्रवक्ता चक्रबहादुर बुढाको संयोजकत्वमा गृहमन्त्री थापाले चारवटै सुरक्षा निकायका अधिकारी सम्मिलित समिति पुस १४ मा गठन गरेका थिए ।उक्त समितिले निर्वाचन सुरक्षा, मतदानस्थल, जोखिम मूल्यांकन, विगतका निर्वाचन सुरक्षा रणनीति समीक्षालगायतलाई आधार मानेर सुरक्षा रणनीतिको अन्तिम रूप दिनेछ ।

प्रतिक्रिया