नेकपा प्रचण्ड-नेपाल समूहको बृहत् कार्यकर्ता भेला

नेकपा प्रचण्ड-नेपाल समूहको बृहत् कार्यकर्ता भेला

काठमाडौं : बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा बृहत् कार्यकर्ता भेला गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार काठमाडौंमा कार्यकर्ता भेला गरेको हो । प्रचण्ड–नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उक्त समूहका शीर्ष नेता सहभागी छन् । सभामा पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले परिस्थिति अनुसार कस्तो कदम चाल्दा जनताले स्वीकार गर्छन् भन्ने कुरा विचार गर्नुपर्ने बताए । नेकपा एकताको घोषणा गर्दा विचारमा पर्याप्त संवेदनशीलता देखाए पनि व्यक्तिगत प्रवृत्तिका कारण आज पार्टी फुटेको उनको भनाइ छ । पार्टी एकताको समयमा मदन भण्डारीको जनताको बहुदलीय जनवाद र माओवादी आन्दोलनको कार्यदिशालाई समेटेर नै एकता भएको दाबी गरेका छन् । कार्यक्रममा नेताहरुले सम्बोधन गर्नेक्रम जारी छ ।

प्रतिक्रिया