प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा

        ज्वाला सन्देश संवाददाता   |   प्रकाशित मितिः मङ्लबार, माघ १३, २०७७     ::: 147 पटक पढिएको   |  

काठमाडौं : प्रधानमन्त्री केपी ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा दर्ता भएका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपानले र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले मंगलबार अवहेलनासम्बन्धी छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद् विघटनविरुद्धको मुद्दामा बहस गर्न जाँदा प्रधानमन्त्री ओलीले गरेको टिप्पणीप्रति रिटमा आपत्ति जनाइएको छ । 

माघ ९ गते काठमाडौंको बबरमहलस्थिगत कार्की ब्याङ्केटको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाजे वकिललाई सर्वोच्च लगेर ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए । उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै अधिवक्ताद्वयले मंगलबार रिट दायर गरेका हुन् । अधिवक्ता न्यौपानेले वरिष्ठ अधिवक्ता र अधिवक्तालाई अमर्यादित भाषामा गाली गरेकाले अपहेलना मुद्दा दर्ता गरेको जानकारी दिए । ‘प्रधानमन्त्रीले संसद विघटन मुद्दाको बहसमा सहभागी वरिष्ठ अधिवक्ताज्यू तथा अधिवक्तालाई अमर्यादित भाषामा गाली गरेकाले अपहेलना मुद्दा दर्ता भयो’, उनले भने । 



Leave a comment

Your email address will not be published.


*