आगामी निर्वाचनमा प्रचण्ड-माधव समूहको १० सिट पनि नआउने प्रधानमन्त्रीको दाबी

          |   प्रकाशित मितिः बुधबार, माघ १४, २०७७     ::: 133 पटक पढिएको   |  

वीरगञ्ज : नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे ।

प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको भन्दै उनले जनताले उक्त समूहलाई कहिल्यै माफ नगर्ने बताए । वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने उनको भनाइ थियो । आधिकारिक पार्टी आफूहरुको भएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले अघि बढाउने बताए  ।



Leave a comment

Your email address will not be published.


*