अवहेलना मुद्दा : चार पूर्वप्रधानन्यायाधीशसँग सर्वोच्चले माग्यो लिखित जवाफ

अवहेलना मुद्दा : चार पूर्वप्रधानन्यायाधीशसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं : सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशसँग लिखित जवाफ मागेको छ । बिहबिार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले चारजना पूर्वप्रधानन्यायाधीशलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो । शर्माको इजलासले पूर्वप्रधानमन्त्री मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई लिखित जवाफसहित उपस्थित हुन् भनेको हो । 

त्यसैगरी पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न अदालतले भनेको छ । न्यायाधीशलाई स्वयम् उपस्तथित भएर जवाफ दिन भनिएको छ । चारजना पूर्वप्रधानन्यायाधीश विरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए भने पूर्वसभामुख ढुंगानाविरद्ध अधिवक्ता राजाराम घिमिरेले रिट दर्ता गरेका थिए । 

प्रतिक्रिया