दोस्रो चरणको खोप खरिद प्रक्रिया सुरु : मन्त्री त्रिपाठी

दोस्रो चरणको खोप खरिद प्रक्रिया सुरु : मन्त्री त्रिपाठी

काठमाडाैं : सरकारले दोस्रो चरणका लागि कोभिड १९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले बताएका छन् ।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा कोभिड खोप केन्द्रको निरीक्षण गर्दै मन्त्री त्रिपाठीले खोप खरिदका लागि विभिन्न मुलुकहरुसँग छलफल भइरहेको र आवश्यक प्रक्रिया सुरु गरिएको बताए । नेपालका २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप डब्लुएचओअन्तर्गतको कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको र बाँकी खोप सरकार आफैंले खरिद गर्न लागेको बताए ।

खोपका सम्बन्धमा विभिन्न गलत प्रचारबाजी समेत भइरहेकाले मन्त्री त्रिपाठीले अहिले नेपालमा प्रयोग भएको खोप सम्पूर्ण परीक्षण प्रक्रिया पूरा गरेर अन्य देशले पनि प्रयोग गरिरहेकाले ढुक्क भएर लगाउन आग्रह गरे ।पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई खोप लगाइएको र अब छिट्टै दोस्रो चरणमा दिर्घरोगी र ५५ वर्ष भन्दा माथिका नागरिकलाई नि:शुल्क खोप लगाउने तयारी छ । मन्त्री त्रिपाठीले खोप केन्द्रको निरीक्षण गर्दै पहिलो चरणको खोप अभियान समयमै सक्न निर्देशन दिए ।भारतले अनुदानमा दिएको खोप पनि कूटनीतिक पहलबाट भएको भन्दै दोस्रो चरणको खोप पनि तत्कालै खरिद गरेर नि:शुल्क रुपमा जनतालाई उपलब्ध गराइने बताए ।

प्रतिक्रिया