दैलेखमा आत्महत्या दर बढ्दै

दैलेखमा आत्महत्या दर बढ्दै

दैलेख : दैलेखमा आत्महत्या समस्या विकराल बन्दै गएको छ । पछिल्लो समय जिल्लामा आत्महत्याका घटना उल्लेख्य बढ्दै गएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा जिल्लामा ४३ वटा आत्महत्याका घटना भएको थियो । आत्महत्या गर्नेमा २४ पुरुष जना, १६ जना महिला र ३ जना बालबालिका थिए । झुण्डिएर, विष सेवन र हतियार प्रयोग गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक बर्षको साढे ६ महिनाको अवधीमा मात्रै ३७ जनाले आत्महत्या गरेका छन् । साउनदेखि माघ १५ गतेसम्म ३७ जनाले आत्महत्या गरेको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । ती मध्ये १८ जना पुरुष र १९ जना महिला रहेको प्रहरीको तथ्यांकमा देखिन्छ ।
पछिल्लो डेढ बर्षको तथ्यांकले आत्महत्या बढ्दै गएको देखाएको छ । झुण्डिएर आत्महत्या गर्ने धेरै छन् । मानसिक तथा पारिवारिक कारणले आत्महत्या गरेका छन् । ‘प्रहरीको अनुसन्धानका क्रममा घरायसी समस्या, निरासा, आर्थीक अभाव, पारिवारिक कलह जस्ता कारणले आत्महत्याका घटना घट्ने गरेको छ,’ डिएसपी श्रेष्ठले भने ‘कतिपय अवस्थामा अप्रत्यासित रुपमा आत्महत्या गरेको समेत हामीले पाएका छौ ।’

प्रतिक्रिया