प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि सरकारी पक्षले बहस

          |   प्रकाशित मितिः सोमवार, माघ १९, २०७७     ::: 116 पटक पढिएको   |  

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनकका तर्फबाटका कानुन व्यवसायीहरूको तर्फबाटको बहस सकिएको छ । माघ ४ गतेदेखि सुरु भएको निरन्तर बहस १३ दिनमा निवेदकका तर्फबाट सकिएको हो ।१३ रिट निवेदककातर्फबाट संवैधानिक इजलासमा करिब ७० कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकका तर्फबाट २ सय भन्दा बढी कानुन व्यवसायीले वकालतनामा भरेका थिए ।

रिट निवेदककातर्फको बहस सकिएपछि आज सोमबारदेखि विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाटका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । महान्यायाधीवक्ता अग्नि खरेललगायत सरकारी वकिल र प्रधानमन्त्री ओलीकोतर्फबाट निजी वकिलहरूले बहस गर्नेछन् ।



Leave a comment

Your email address will not be published.


*