संवैधानिक निकायमा नियुक्तिबारे सर्वोच्चको कारण देखाउ आदेश

संवैधानिक निकायमा नियुक्तिबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं : सर्वोच्च अदालतले सरकारसँग संवैधानिक निकायमा नियुक्तिबारे कारण देखाउ आदेश जारी गरेको छ। संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्तिविरुद्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा परेको नियुक्तिको विषयमा सरकारसँग १५ दिनभित्र कारण पेश गर्न माग गरेको हो छ। प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइबिना नै संवैधानिक निकायमा नियुक्ति र सपथ गराउनु गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ ।

त्यस्तै संवैधानिक परिषद्मा गरिएका नियुक्तिविरुद्ध शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले पनि रिट दायर गरेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ११ वटा संवैधानिक निकायमा ३२ जना पदाधिकारी तथा सदस्य नियुक्त गरेकी छन्। उनीहरुले बुधबार नै पद तथा गोपनीयताको सपथ लिइ कामको जिम्मेवारी लिइसकेका छन्।

प्रतिक्रिया