‘फेरियो व्यवस्था, फेरिएन छोरीहरुको अवस्था’

‘फेरियो व्यवस्था, फेरिएन छोरीहरुको अवस्था’

काठमाडौँ : बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नहरुको खोजी गरेर कारबाही गर्न माग राख्दै नेविसंघले प्रदर्शन गरेको छ । आइतबार बिहान नेविसंघका सभापति राजीव ढुंगानालगायतका नेताहरुको अगुवाइमा पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै बागबजारमा प्रदर्शन गरेको हो । पद्माकन्या क्याम्पसबाट सुरु भएको प्रदर्शनमा सहभागीहरुले ‘फेरियो व्यवस्था,फेरिएन छोरीहरुको अवस्था’ लगायतका प्लेकार्ड बोकेर घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत लगाएका थिए ।

प्रतिक्रिया