प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियाे

          |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन ७, २०७७     ::: 188 पटक पढिएको   |  

काठमाडौँ : सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा बहस सकिएको छ । एमीकस क्युरीकाे तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि सबै बहस सकिएकाे हाे । यसैगरी फागुन १० गतेसम्म बहस नाेट बुझाउन प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले जानकारी दिएका छन् । ‘१० गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान्छ । ११/१२ गतेसम्म जति पनि जान सक्छ,’ जबराले भने, ‘हेर्दाहेर्दैमा पनि सकिन सक्छ।’ १० गतेसम्म बहस नाेट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको थियाे भने साेही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन घाेषणा गरेकी थिइन् । कान्तिपुरबाट



Leave a comment

Your email address will not be published.


*