‘कन्ट्रि डाइरेक्टर’ को अनुगमन भ्रमण

‘कन्ट्रि डाइरेक्टर’ को अनुगमन भ्रमण

दैलेख : गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्डे«नको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले हासिल गरेका उपलब्धिहरुको बारेमा जानकारी लिने उद्धेश्यले सेभ द चिल्ड्रेनका ‘कन्ट्रि डाइरेक्टर’ जेनिफर सेइड सहितको टोलीले गुराँस गाउँपालिकामा परियोजनाको अनुगमन भ्रमण गरेको छ । सहयात्रा पहिलो परियोजना सन २०१५ देखि गुराँस गाउँपालिकाका वडा नं ४ र ५ बाहेकका वडामा सञ्चालित थियो । दोस्रो परियोजना सन २०१९ देखि सन २०२३ सम्म ५ वर्षका लागि गाउँपालिकाका सबै वडामा सञ्चालित छ । परियोजनाले मुख्य गरी शिक्षा, बाल संरक्षण तथा बालअधिकार शासनको क्षेत्रमा देखिने गरी परिवर्तन आएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।
‘गुराँस गाउँपालिकालाई गुणस्तरियक शिक्षा, बाल संरक्षण र बाल अधिकार शासनको क्षेत्रमा नमुना गाउँपालिकाका रुपमा पहिचान बनाउन एक दर्जन भन्दा बढी बाल मैत्री नीति निर्माण गरी कार्यान्वयनमा रहेका छन्, जोखिममा रहेका बालबालिकाको तथ्यांक अद्यावधिक तथा व्यवस्थित गरिएको छ,’ अध्यक्ष ओलीले भने ‘जीवन सुरक्षा कोष मार्फत बालबालिका जन्मेपछि उनीहरुको लागि गाउँपालिका र अभिभावकले संयुक्तरुपमा रकम जम्मा गर्ने, विद्यालय निरन्तर हुन एक सय ४८ जना जोखिममा रहेका बालबालिकाको नाममा २५ हजारका दरले २० वर्षका लागि सहकारीमा रकम जम्मा गर्ने र प्राप्त ब्याजबाट उनीहरुलाई शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने, बालविवाहका कारण विद्यालय निरन्तरता दिन नसकेका बालिकाहरुलाई जीविकोपार्जनका लागि सहयोग, वडा तथा गाउँपालिकामा स्थानीय बाल अधिकार समिति र बालअधिकार श्रोत व्यक्तिको व्यवस्था लगाएतका महत्वपूर्ण काम भएको छ ।’
राष्ट्रिय जनगणना २०६८ का अनुसार ६२ प्रतिशत बालविवाह रहेको यस गाउँपालिकामा चालु आर्थिक बर्षमा ३२ प्रतिशतले कमिआई ३० प्रतिशतमा रहेको र गाउ सभाबाट हरेक वर्ष बालबालिका लक्षित बजेटलाई बृद्धि गर्दै लगिएको उनको भनाई थियो । ‘आगामी ५ वर्ष भित्र बालविवाह मुक्त गाउँपालिकाका रुपमा घोषणा गर्नका लागि बालविवाह न्यूनिकरण सम्बन्धी विभिन्न जनचेतनामुलक र विपन्न परिवारलाई जीविकोपार्जन लगायतका कार्यक्रम सञ्चालन गरिएको छ,’ अध्यक्ष ओलीले भने ।
अपाँगता भएका ५ जना बालबालिकालाई घरमै विद्यालय सञ्चालन, स्वास्थ्य शिविर मार्फत ७० जना अपाँगता भएका बालबालिकालाई परिचपत्र वितरण र २० जनालाई सहायक सामाग्री वितरण गरिएको ओलीले बताए । विद्यालय बाहिर रहेका २५ जना बालबालिकालाई विद्यालय भर्ना, शिक्षा समिति गठन, १० वटा विद्यालयलाई सूचना प्रविधिमा सहयोग, शिक्षक दरवन्दि मिलान लगाएत गुणस्तरीय शिक्षामा बृद्धि गर्नका लागि राम्रा अभ्यासहरु पालिकाले सुरुवात गरेको उनको भनाई थियो ।
कन्ट्रि डाईरेक्टर जेनिफर सेइड लगाएतको टोलीले गुराँस गाउँपालिका वडा नं ५ मा रहेको कृष्ण माध्यामिक विद्यालय सानाकाडाको बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मको कक्षा अवलोकन, विद्यालय व्यवस्थापन समिति र शिक्षकसँग अन्तक्रिया, वडा नं ४ को वडा बालअधिकार समिति, लक्ष्मी बाल क्लबसँग अन्तरक्रिया गर्नुका साथै गाउँपालिकामा अध्यक्ष लगाएतका अन्य कर्मचारी तथा जनप्रतिनिधिसँग परियोजनाका साथै गाउँपालिकाले हासिल गरेका उपलब्धि र राम्रा अभ्यासहरुको बारेमा छलफल गरेका थिए ।
सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज बिसीले परियोजनाले गुराँस गाउँपालिकाका जोखिममा रहेका बालबालिकाहरुको गुणस्तरीय शिक्षामा पहुँच प¥याउन र बालविवाह न्यूनिकरणका लागि पालिकासँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेको बताए ।
अनुगमनमा सेभ द चिल्ड्रेनका ‘कन्ट्रि डाइरेक्टर’ जेनिफर सेइड, प्रोग्राम अपरेशन डिपाटमेन्ट प्रमुख विरेन्द्र ठगुन्ना, एड्भोकेसी स्पेसेलिस्ट लक्षेन्द्र महर्जन, एसोसियट डाईरेक्टर धना भुषाल, सहयात्रा म्यानेजर विष्णुकुमार बम, परियोजना संयोजक टिका विक, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसी सहभागि थिए ।
गाउँपालिकामा भएको छलफलमा गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले प्रगति प्रतिवेदन पेश गरेका थिए । सोहि अबसरमा परियोजनाको स्थानीय सरकारसँगको साझेदारीको विषयमा समेत छलफल गरिएको थियो । छलफलका क्रममा ‘कन्ट्रि डाइरेक्टर’ जेनिफर सेइडले गुराँस गाउँपालिकामा शिक्षा, बाल संरक्षण र बाल अधिकार शासनमा प्रभावकारी काम भएको हुँदा आगामी दिनमा अन्य सरोकारवालाहरुलाई पनि सिकाई भ्रमण गराउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया