कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौँ : कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । शुक्रबार बिहान उनलाई वीरबाट नर्भिक अस्पताल पुऱ्याइएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । अहिले उनको आकस्मिक अपरेसनको तयारी गरिएको पनि सहयोगी पाण्डेले बताए ।

अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको छ । ‘उहाँलाई थ्यालेमिक ह्यामरेज भएको हाे । अहिले नै केही भन्न सकिने अवस्था छैन,’ नर्भिक अस्पतालका एक चिकित्सकले भने ।

प्रतिक्रिया