‘आमाबुबालाई बृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ’

‘आमाबुबालाई बृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ’

दैलेख : साहित्यमा अनेक शब्दहरु हुन्छन् । ति शब्दहरु दैनिक जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मेल खाईरहेको हुन्छ । त्यस्तै मध्यको एक हरफ हो, ‘आमाबुबालाई बृद्धाआश्रम राखी, घरमा कुकुर पाल्ने चलन छ यहाँ ।’ यो दैलेखमा शनिवार विमोचन भएको ‘जिवन यात्रा’ गजल संग्रहको एक हरफ हो । यो हरफले धेरै कुराको प्रतिविम्बीत गर्छ । गजलकार बविता बिष्ट (थापा) को गजल संग्रहमा लेखिएको हरफ साँच्चिकै समाजको यथार्थता बोलेको छ । यो हरफ गजल संग्रहको ५१ औँ गजलको रुपमा समावेश गरिएको छ । गजल संग्रहमा ५२ वटा गजल समावेश गरिएको छ ।
‘कला साहित्यको विकास र उत्थान–समाज परिवर्तनका लागि हाम्रो अभियान’ भन्ने नारालाई आत्मसाथ गर्दै साहित्यकार थापाको पहिलो गजल संग्रह ‘जीवन यात्रा’ शनिबार विमोजन गरिएको हो । संग्रह विमोचन तथा रचना बाचन कार्याक्रम गर्दै उनको पहिलो कृति विमोजन गरिएको हो ।
कला साहित्य उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णप्रसाद देवकोटाको अध्यक्षता र साहित्यकार गुणनिधि आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका करीब २० जना साहित्यकाहरुले आफ्ना रचनाहरु बाचन गरका थिए ।
कला साहित्य प्रतिष्ठानले आयोजना गरेको जिवन यात्रा गजल संग्रह बिमोचन कार्यक्रममा कृतिको टिप्पणीकर्ता समालोचक नरेन्द्रराज उपाध्यायले गजल विधा जति गहिरीएर बुझ्यौ त्यतिनै बुझ्न कठिन हुने भन्दै जिवन यात्रा गजल संग्रहमा भएका धैरै कुराहरु राम्रा भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि गुणनिधि आचार्यले बाचन गरेका सम्पुर्ण रचनाहरुलाई औल्याउँदै पछिल्लो समय ल्लिामा साहित्य सम्बन्धी कार्यक्रम कम हँुदै गरेको र सबै मिलेर यस्ता कार्यक्रमलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रमको समापनमा बोल्दै कला साहित्य उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष कृष्ण देवकोटाले साहित्यका धेरै विधाहरु भएको भन्दै पछिल्लो समयका गजल विधाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए । गजल विधालाई आफुने साहित्यको खिर भन्ने गरेको उनले बताए । उनका अनुसार गजललाई स्वतन्त्र रुपमा बहरमा संगितसंग पनि पस्कन सकिन्छ । सुरु–सुरुमा दैलेखमा गजलको कार्यक्रम संचालन गर्दा अफ्ठेरो महसुस हुने गरेको अनुभव सुनाउँदै दैलेखका साहित्यकारहरुले विभिन्न ठाउँहरुमा गईसकेका छन् । तर यहाँ बसेर संस्थागत विकास गराउनेमा थोरै श्रष्ठाहरु भए पनि पछिल्लो चरणमा श्रष्टाहरु धेरै भएकोले त्यो हाम्रो लागि खुसिको कुरा रहेका र कला साहित्य उत्थानबाट दैलेखमा दर्जन भन्दा बढि कृतिहरु विमोचन गरिसकेको बताए । सप्तरङ्गी साहित्य समाज नेपालले प्रकाशन गरेको गजल संग्रह विमोचन कार्यक्रमा जिल्ला स्थित साहित्यकार पत्रकार लगाएत सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया