सरकार र विप्लव पक्षबीच बालुवाटारमा औपचारिक वार्ता सुरु

सरकार र विप्लव पक्षबीच बालुवाटारमा औपचारिक वार्ता सुरु

काठमाडाैं : सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक वार्ता सुरु भएको छ ।दुवै वार्ता टोलीबीच केहिबेर अघिदेखि छलफल सुरु भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । मंगलबार वार्ता टोली सार्वजनिक गरेका दुवै पक्षबीच बिहानैदेखि अनौपचारिक छलफल पश्चात् वार्ता  सुरु भएको हो । वार्ताको लागि प्रकाण्ड नेतृत्वको नेकपाको टोली  मंगलबार काठमाडौं आइपुगेको थियो । सरकारी वार्ता टोलीमा संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई सदस्य छन् भने नेकपाक वार्ता टोलीमा संयोजक खड्गवहादुर विश्वकर्मा प्रकाण्ड छन् भने उदय चलाउने दीपक सदस्य छन् ।

प्रतिक्रिया