तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं : विप्लव

तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं : विप्लव

काठमाडौँ: नेत्रविक्रम चन्द विप्लवले आफूहरु सहमतिप्रति प्रतिवद्ध रहेको र यसलाई इमानदारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।शुक्रबार दिउँसो सरकारसँग भएको ३ बुँदे वार्तामा हस्ताक्षर कार्यक्रममा यस्तो बताएका हुन् । यस क्रममा विप्लवले कम्युनिस्टहरु विद्रोही मात्रै नभएर शान्तिका दूत समेत भएको बताए । सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको बताए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिलाई उनले ‘घाम र जूनको भेट’सँग तुलना गर्दै भने ‘धेरैले अनेक अनुमान गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।’ यस्तै सरकार र आफ्नो पार्टीको वार्ता एक सहमति मात्रै नभएर समृद्ध नेपाल बनाउने सिंगो सपना भएको कुरा । विप्लवले मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका छन् ।

प्रतिक्रिया