प्रचण्ड संसदीय दलको नेता चयन

प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो। प्रचण्ड-नेपाल समूहले आफ्नो पक्षमा ११४ जना सांसद रहेको दाबी गरेको छ । एक सय ११ सांसदहरूले हस्ताक्षर गरिसकेको दाबी गरिएको छ। नेकपामा १७२ सांसद छन्।  शुक्रबारको बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार बनाउने बारेमा छलफल भएको थियो। आइतबारसम्म ओलीलाई राजीनामाका लागि आग्रह गर्ने  र राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याएर हटाउने निर्णय भएको छ। 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एउटा पक्षको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन्।  पार्टी विवादबारे निर्वाचन आयोगले अहिलेसम्म टुंगो लगाउन सकेको छैन। आयोगले टुंगो नलाउँदा नयाँ सरकार निर्माणको विषय थप पेचिलो बन्दै गएको छ। 

प्रतिक्रिया