प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
![प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/Samsad-baithak_E53ltqtsPb_jvomulgk53thsxx3gbvxyw3mtbokhq8lwfqtqw2vskiucehzm76fjdf8bvgh.jpg)
काठमाडौँ : प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने संसद् सचिवालयले सूचनामार्फत जनाएको छ ।
पुन:स्थापनापछि आइतबारका लागि डाकिएको बैठकमा संविधानको प्रतिकूल संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइएको भन्दै कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह, जसपाका नेताहरुले सदनमा नाराबाजी गरेका थिए । कांग्रेसको विरोधका बीच अध्यादेश पेस गरिएको थियो । तर दाहाल नेपाल समूहका सांसदहरु भने त्यसअघि नै बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
५ बजेर १० मिनेटपछि सुरु भएको बैठकमा जबर्जस्ती अध्यादेश पेस गरिएपछि कांग्रेस र जसपा सांसदहरुले अगाडि गएर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे । तर सहमति नजुटेपछि बैठक २६ गतेका लागि सारिएको हो ।
![](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2021/third-party/samsad-notice-0732021021903-1000x0.jpg)
प्रतिक्रिया