अन्तराष्ट्रिय महिला दिवस र व्यवहारिक तहमा अभ्यास

        सन्तोषी शाह   |   प्रकाशित मितिः सोमवार, फाल्गुन २४, २०७७     ::: 896 पटक पढिएको   |  

सन्तोषी शाह- संयुक्त राज्य अमेरिकामा कपडा उद्योगका श्रमिक महिलाहरुलाई दिनको १८ घण्टा काम लगाउने तर ज्याला एकदमै न्युन दिने गरेको र गेट भन्दा बाहिर ताला लगाएर पनि महिलाहरुलाई काम लगाउने गरिन्थ्यो । उक्त राज्यमा महिलाहरु आफ्नो मताधिकारको अधिकारबाट बञ्चित रहेको अवस्था थियो । त्यस उद्योगमा रहेका महिला कामदारहरुले काम अनुसारको ज्याला प्राप्त गर्नुपर्छ,मताधिकारको लागि पाउनुपर्छ भनि सन् १९०८ सडकमा आन्दोलन गरेका थिए ।
यस आन्दोलनलाई स्मरण गदै संयुक्त राज्य अमेरिकाको सोशलिष्ट पार्टीले २८ फे्रबुअरी १९०९ मा पहिलो पटक नारी दिवसको आयोजना गरेको थियो । सन् १९१० मा महिलालाई मत हाल्नको लागि अधिकार सुनिश्चत गर्ने उत्सवको साथ अन्तराष्ट्रिय दर्जा प्रदान गरियो । सन् १९१० मा सोशलिष्ट पार्टिको इन्टरनेशनल सम्मेलन कोपेनहेगन महिलाहरुले मताधिकार प्राप्त गरेका थिए । सन् १९१७ मा रसियाका महिलाहरुले गास र कपासको लागि हड्ताल गरेका थिए ।
यी विभिन्न आन्दोलनको सार्थकतालाई ध्यानमा सन् १९१७ देखि अन्तराष्ट्रिय नारी दिवस ८ मार्चमा मनाउने मान्यता प्राप्त ग¥यो नेपालमा पनि संयुक्त राष्ट्र संघको निर्णय अनुसार सन् १९०९ र वि.सं १९६६ मा नेपालले पनि नारी दिवस मनाउन सुरु गरेको पाइन्छ । यो एउटा ठुलो उत्सव हो । नेपालमा पनि विभिन्न कार्यक्रमका साथ महिला दिवस मनाउदै आइरहेको अवस्था छ यसका महिला शसक्तिकरणका लागि नेपालमा पनि विभिन्न प्रायासहरु रहेका छन् । संविधानमा महिलाको हकलाई मौलिक हकमा राखिएको छ । प्रतिनीधी सभाको सभामुख र उपसभामुख एक जना महिला हुने व्यवस्था रहेको छ । राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षमा एक जना महिला रहने, जिल्ला अदालतको न्यायाधीशको नियुक्तीमा समावेशी सिद्धान्त, प्रदेश सभाको सभामुख अथवा उपसभामुखमा एकजना महिला, गाउँ कार्यपालिकामा ४ जना महिला, नगर कार्यपालिकामा ५ जना महिला, जिल्ला सभामा ३ जना महिला, राष्ट्रिय महिला आयोगको गठन, आर्थिक क्षेत्रमा कर छुट जस्ता विभिन्न प्रावधानहरु रहेका छन् ।
साथै महिलाहरु अहिले राजनितीक, आर्थिक सामाजिक क्षेत्रमा अघाडी बढेको देखिन्छ । कैयौ महिलाहरु दासी हुनबाट मुक्त भएका स्थानिय स्तर देखि संघसम्म महिलाहरुको सहभागिता देखिन्छ आर्थिक क्रियाकलापमा पनि सहभागिता देखिन्छ र निर्णय प्रक्रियामा भाग लगेका छन् । समान कामको समान ज्याला अवधारणा, विभिन्न नितीको निर्माण खण्डन गर्न सक्ने सक्षम भएका छन् यदि मा भएर हुँदैन । पहुँचवाला मासिहरुकोका लागि मात्र र शहर मात्र, केन्द्र, प्रदेश, जिल्ला सदरमुकाममा मात्र सिमीत छ ।
त्यसैले त आज सन् २०२१ मा आइपुग्दा १११ औ अन्तराष्ट्रिय महिला दिवस विश्वभरि International Slogan “Women in Leadership Achieving an Equal Future in a COVID -19 World) राष्ट्रिय नारा ‘महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ मनाइदैछ । महिला दिवस केबल सदरमुकाम, ठुला ठुला शहरमा मात्र सिमीत नरहोस् । एक छाक राम्रो खान सुकिलो कपडा र चिल्लो गाडिमा हिड्नेहरुका लागि मात्र महिला दिवस नहोस् महिला दिवस तव सार्थकता पाउने छ जव विद्यालय देखि लिएर घर परिवारमा शारिरीक मानसिक र सामाजिक हिंसा परेर पिडीत भएका महिलाहरु ले न्याय पाउने छन्, छाउपडिप्रथाले महिलाहरु अकालमा सर्पले टोकेर, आगलागी भएर, यौनहिंसा र बलत्कारमा परेका घटनाहरु घटेको सुनिने छैन् ।
बालविवाहले गर्दा आत्महत्या गर्न बाध्य भएका कलिला मुनाहरुले अकालमा ज्यान गुमाउने छैनन्, घरको आर्थिक अवस्था कमजोर भएर बाध्यताले विदेशमा घरेलु कामदारका रुपमा गइ यौनशोषणमा र हिंसामा परेका महिलाहरुले विदेशमा पिडा नभोगी आफ्नो देशमा बसेर रोजगारी पाएका हुनेछन् बलत्कारमा परेका महिलाहरुले उचित न्याय पाउनेछन् दाइजोप्रथा, बोक्सीप्रथाको कारण विभिन्न किसिमको यातना पाएका र राज्यको मूलधारबाट एकदमै दुर दराजमा बस्ने महिलाहरु जव देशको नेतृत्व लिन तयार हुनेछन् तव अन्तराष्ट्रिय महिला दिवसले सार्थकता पाउने छ ।
आगामी दिनका प्रयासहरु
महिला हिंसामा परेका महिलाहरुले उचित न्याय पाउनुपर्छ । घरमा महिलाहरुले गरेको कामको मूल्य नै छैन । घरमा महिलाले गरेको कामलाई पनि कुल ग्राहस्थ उत्पादनमा गणना हुनुपर्छ । समुह समिती गठन गर्दा महिलाहरुलाई एउटा साक्षीको रुपमा मात्र राख्ने होइन उनीहरुको अर्थपूर्ण सहभागिता भई निर्णय प्रक्रियामा सहभागिता हुन आवश्यक छ । स्थानिय तहमा न्यायिक समिती गठन गरिएको छ धेरैजसो महिलाहरुलाई न्यायिक समितीको अर्थ नै थाहा नभएको अवस्था छ र यदि न्यायिक समितीमा आए पनि गोप्य सुनुवाई हुनका लागि गोप्य कक्षको व्यबस्थापन नै रहेको छैन यसको लागि न्यायिक समितीको महत्वको बारेमा सबै महिलाहरुलाई जानकारी हुन आवश्यक छ साथै महिलामैत्री कक्ष, महिला तथा बालबालिका सेवा केन्द्रहरुमा मनोविमर्शकर्ता, महिलामैत्री शौचालय, महिलाहरुको निवेदन लेखिदिने वकिल साथै औषधी उपचार, गास, बास र कपासकोे उचित व्यबस्थापन हुन आवश्यक छ । जति हिंसा भएपनि घरभन्दा बाहिर नआएर चुलोचौकोमा सिमित महिलाहरुले कैयौं दिन खाना नखाएर, कुटपिट पाएर सहेर बस्नु परेको अवस्था छ यदि सहन नसकेमा स्वयं आफैले नै आत्महत्या गरेर मरेका अवस्था रहेको छ यसको लागि भोलि होइन आजैदेखि पिडकलाई उचित कारवाही गरि पिडीतलाई चित्त बुझ्ने न्याय दिनुपर्छ न्यायलाई सम्पतीमा किनबेच हुनुहुदैन निष्पक्ष तरिकाले छलफल हुनुपर्दछ । महिलाको ३३ प्रतिशत सहभागित भएर मात्र हुँदैन ५० प्रतिशत अर्थपूर्ण सहभागिता हुन आवश्यक छ । स्थानिय तह देखि संघ सम्म महिलाहरु निर्वाचित हुनुहुन्छ तर पहुँचमा हुनुहुन्छ तर नियन्त्रण पुरुषले नै गरेको पाइन्छ ।
स्थानिय तहमा महिलाको शसक्तिकरणका लागि आएको बजेट कहिल्यै बाटो बनाउने ,कहिल्यै विधुत बनाउनमा खर्च भएको छ किन यसमा खर्च भएको भनेर चासो लिदा के महिलाहरु बाटोमा हिड्ने होइन, बत्ति बाल्ने होइन भनेर त्यसको जवाफ आउँछ । अव कहिले हुन्छ त ति चुलोचौकोमा सिमीत रहेका महिलाहरुको क्षमताको विकास ? महिलाले महिलालाई नै हिंसा गरेको अवस्था पनि देखिन्छ । स्थानिय स्तरमा महिलाहरुका लागि सिपमुलक कार्यक्रम संचालन गर्नुपदर्छ माछा मारेर दिने होइन माछा माने सिपहरु महिलाहरुलाई दिनुपर्छ तव मात्र महिलाहरुले स्वदेशमा नै विभिन्न रोजगारीका अवसरहरु प्राप्त गरेर आत्मनिर्भर बन्न सक्छन् विदेशमा गएर विभिन्न हिंसाहरु सहन नसकेर आत्महत्या गरि बाकसमा लास ल्याएको अवस्था छ साथै कतिपय महिलाहरु रमाइलो घरपरिवार छोडेर गर्भावबस्था भएर विदेशबाट आएका छन् स्वदेशमा विभिन्न रोजगारीको सिर्जना गरेमा यी पिडाहरुको बारेमा सुन्न पदैन । कुनै ठुलो अफिसमा जाँदा हामी पहिले नै सोच्छौ कि यो अफिसमा हाकिम पुरुष मात्र होला भनेर सोच भएका हामीहरुको सोच बदल्नुपर्दछ ।
समाजमा भएको दाइजोप्रथा बोक्सि प्रथा, छाउपडि प्रथा जस्ता विभिन्न प्रथा गरि महिला हिंसा गर्नेलाई कडा भन्दा कडा कारवाहि गर्न आवश्यक छ । महिला सम्बन्धी बनेका विभिन्न कानुनी प्रावधाहरुको उचित कार्यान्वयन हुन आवश्यक छ । परम्परागत सोच भएको हाम्रो समाजमा छोरा अनिवार्य चाहिन्छ विचरा ति महिला जहाँसम्म छोरो हुँदैन मेसिन जस्तै दशौ बच्चा भएपनि छोराको लागि बर्षेनी बच्चा पाइरहुनपर्छ यसले गर्दा स्वास्थ्य अवस्था विग्रन गई मृत्युको शिकार बनेको अवस्था छ यसलाई कम गर्नको लागि उचित र व्यववहारिक शिक्षा दिन आवश्यक छ ।
निष्कर्ष
अतः महिला शिक्षा विशेष जोड दिई, नितीगत तहमा प्रभावकारी कार्यान्वयन गरेमा र महिलाहरुलाई उचित अवसर राजनितीक, आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा उचित खालको अवसर दिलाई चुलोचौकोमा सिमित रहेका घरेलु हिंसामा परेका महिलाहरुको पिडालाई सबैले आवाज बनेमा मात्र ति राज्यको पहुँचबाट पछाडी परेका दिदिवहिनी आमा हरुको अनुहार खुसी हुनेछ तव मात्र अन्तराष्ट्रिय महिला दिवसका नाराहरु तथा कार्यक्रमहरुले सार्थकता पाउनेछन् ।



3 Comments on अन्तराष्ट्रिय महिला दिवस र व्यवहारिक तहमा अभ्यास

  1. समयसमायिक लेखकाे लागि धन्यवाद सन्ताेषी जीलाइ ज्यादै मार्मिक छ

  2. सन्ताेसि जिकाे लेख मार्मिक र मनन याेग्य छ ।पछिल्ला दिनमा अधिकारका नाममा कर्तव्य भुल्ने प्रवृति ,समाजमा महिलाहक वा कथित अधिकारका नाममा पुरुष माथि भयका अन्याय तथा अार्थिक अधिकारका नाममा भयका अपचलनहरु पनि उठाकाे भय सुनमा सुगन्ध हुने थियाे ।

  3. भिम बहादुर पाल // March 16, 2021 at 7:39 am // Reply

    समसामयिक लेख

Leave a comment

Your email address will not be published.


*