महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

काठमाडौं : महान्यायाधिवक्ता अग्नी खरेल सक्रिय राजनीतिमा फर्किने भएका छन्। यसअघि नै राजीनामा दिन खोजेका खरेल प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध मुद्दा परेपछि राजीनामा दिने विषय रोकिएको थियो। महान्यायधीवक्ता खरेलले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत राजीनामा औपचारिक जानकारी दिने तयारी गरेको महान्यायाधिवक्ताका कार्यालयका प्रवक्ता एवम् सहन्यायाधिवक्ता संजीवराज रेग्मी जानकारी दिए।

दोस्रो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।  झापाबाट सक्रिय राजनीति गर्दै आएका भएका खरेल यसअघि संविधान सभाको सदस्य समेत रहेका थिए। खरेल प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीसमेत थिए।आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने भन्दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले जनाएको छ।

प्रतिक्रिया