फलामको चिउरा बनेको छ, खशानमा बसोबास गर्ने खसहरुमा रहेको भ्रम !

फलामको चिउरा बनेको छ, खशानमा बसोबास गर्ने खसहरुमा रहेको भ्रम !

रघुवीर सिंह ठगुन्ना

जब जब खसहरुले आफ्नो जातिय पहिचान र सह–अस्तित्वको कुरा उठाउँछन र आफ्नो सनातनी मष्टो धर्म सँस्कृति भाषा तथा परम्पराको सँरक्षण तथा नेपालको संविधानमा राखेको खस–आर्यको टोकरीबाट खसलाई अलग गरेर संबिधानले दिएको आरक्षणको अधिकार खसहरुले पनि पाउनु पर्छ भन्ने आवाज उठाउन थाल्छन, तब तब सत्तामा सधै कब्जा जमाउदै आएका केही टाठा बाठा आर्य ब्राह्मणहरुले महान दिब्य वाणी फलाक्न थाल्छन । जातीय राज्य राम्रो होइन । यसले बिखण्डन ल्याउँछ भन्ने गर्छन । त्यही फटाइ कुराको पछि लागेर केही खस, क्षेत्रीका स्वघोसित विद्वानहरु, त्यस फटाइलाई सोझा सिदा खस क्षेत्रीहरुको माझ जोरसोरका साथ सत्यानासै गर्न थाले भनेर चिच्च्याउन थाल्दछन । नश्ल बादी आर्यहरुका दाना पानी बाट परिचालित भएर र ठुला भनिएका दलहरुको दासत्व स्वीकार गरेका केही झोले खस नेता तथा विद्वानहरु मुख खोल्न सक्दैनन ।
रोजेको र खोजेको पद पाइन्न, पार्टीमा नम्बर घटछ र आगामी चुनावमा टिकट पाइदैन भन्ने डरले उनिहरुको मुखमा ताल्चा लागेको हुन्छ । खसहरुका सस्थाको नेतृत्वमा बसेका केही टाठा बाठा खसहरु पनि आफ्नो ब्याक्तिगत स्वार्थ पूरा गर्दै आर्य शासकहरु बाट राज्यका सुबिधा,पद र आर्थिक लाभ लिइरहेका छन । जस्को पर्दाफास हुनु आवस्यक छ । हाम्रो देश नेपालमा वि.सँ. २०६८ सालको जनगणना अनुसार १२५ वटा जातिहरु छन त्यस मघ्ये १२३ जातिहरुले जातिय जनसंख्या को आधारमा समानुपातिक प्रतिनिधित्व को कुरा उठाएर सँविधानमा सुनिस्चित भएर समानुपातिक समाबेसी र आरक्षण पाउँदा यो देश बिखण्डन नहुने तर खस क्षत्रीहरुले सोही आवाज उठाउदा बिखण्डन बादीको बिल्ला लाग्ने यो रहस्य अब खसहरुले बुझ्नु अत्यन्त आवस्यक भैसकेको छ ।
यो रहस्य बुझ्न गत निर्वाचनको परिणाम हेर्नू पर्ने हुन्छ । प्रसिद्ध विद्वान परशुराम तामाङले आफ्नो लेख ‘सिद्धान्त र ब्यवहार को बेमेल’मा निर्वाचन परिणाम टिप्पणी सहित प्रस्तुत गर्नु भएको छ । जसलाई खसक्षेत्रीहरुले बुझ्न अत्यन्त जरुरी छ ।
(क) २८.६% जनसंख्या भएको आदिवासी जनजातीले ९६ जना संघीय सांसद पाउनु पर्ने थियो, तर ७० जना मात्र पायो ।
(ख) ३१.२% जनसंख्या भएको खस–आर्यले १०४ जना पाउनु पर्ने थियो तर १५५ जना पायो । खस–आर्यले पाउनु पर्ने भन्दा ५४ जना बढिपायो । त्यस मध्ये १२.२% जनसंख्या भएको आर्य बाहुनले ४१ सदस्य पाउनु पर्नेमा ९६ जना पायो । यो उसको जनसंख्या को १३८% भन्दा अधिक संख्या हो ।
(ग) मुस्लिमले ९ सिट प्राप्त गर्यो, यो उस्ले पाउनु पर्ने भन्दा ३ सिट कम हो ।
(घ) थारुले २१ सिट पायो । यो उसले पाउनुपर्ने भन्दा १ सिट कम हो ।
(ङ) १३.८% जनसंख्या भएको दलितले ४२ सिट पाउनु पर्नेमा २६ सिट मात्र पायो ।
(च) १६% जनसंख्या भएको मधेसीले ५० जना पायो यो उस्ले पाउनु पर्ने भन्दा १ जना बढी हो ।
(छ) आदिवासी जातिको कोटामा नेवार र राई १÷१ जना, गुरुङ ३ जना, लिम्बू ४ जना, अधिक सान्सद पाएका छन भने मगरले २४ जना पाउनुपर्नेमा १४ जना पाए । तामाङले १९ जना पाउनु पर्नेमा ६ जना मात्र पाए । करिव ६% जनसंख्या भएको तामाङ को प्रदेश र प्रतिनिधि सभामा न्यून प्रतिनिधि त छदैछ, राष्ट्रिय सभामा एकजना पनि प्रतिनिधि छैन ।
(ज) समानुपातिक सिद्धान्त को सँबिधानमा ब्यक्त प्रतिवद्धता ब्यवहारमा उत्रेन । त्यो निर्वाचनमा खस – आर्य समुदाय एउटै क्लस्टरमा राखेको कारण सबै भन्दा बढी नाफा बाहुन आर्य लाई र आदिवासी जनजाति विशेषगरि तामाङ जातिलाई सबै भन्दा धेरै घाटा भएको देखिन्छ । सो निर्वाचन गणतन्त्र कालमा भयो तर परिणाम पन्चायतकालमा भन्दा खराब दियो ।
यस्तो हुनुका कारणहरु !
प्रथममा, पहिलो सम्पन्न हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली बीच समानिकरण गर्ने कुनै ब्यवस्था गरिएन ।
दोस्रो, खस– आर्यले पहिलो हुने निर्वाचित हुने प्रणाली बाट अधिक सँख्यामा चुनाव जितेका छन । त्यस बाहेक जनसंख्या को आधारमा समानुपातिक कोटा ३१.२ प्रतिशत र पिछडिएको क्षेत्रको नाममा ४.३ प्रतिशत अतिरिक्त प्रतिनिधित्व पनि सुनिश्चित गरिएको छ । यो सामाजिक न्यायका दृष्टिले न्यायसंगत छैन । सबै समुदायले समानुपातिक कोटा पाउने हो भने पहिलो हुने निर्वाचित हुने निर्वाचनको आवश्यकता र औचित्यता के ?
निर्वाचन प्रणालीमा धेरै बिकृती देखिए। सबै दलले अधिकांश महिलालाई समानुपातिक सुचिमा राखे त्यसमा नेताका पेयर, डियर, नियर पहिलो प्राथमिकतामा र बाकी देखाउने पाटोमा परेको अनि पैसावाद र परिवारवाद झाँगिएको गुनासो सार्वजनिक भयो । समानुपातिक शुचि बनाउदा आन्तरिक लोकतन्त्रको अभ्यास भएन ।
यसरी झेल गरियो !
निर्वाचन आयोगले समानुपातिक सुचीमा आवद्ध अन्तर्जातीय विवाह गरेका महिलाका हकमा दोहोरो मापदण्ड अपनायो । बाबुपट्टी वा श्रीमानपट्टि, कुन तर्फबाट राजनीतिक हक स्थापित गर्ने हो, सबैका लागि एउटै मापदण्ड लागू हुनुपर्छ । प्रतक्ष निर्वाचन मै ३३% महिलाका लागि आरक्षित गर्नुपर्छ ।
यो निर्वाचन परिणाम हेर्दा आर्यहरुले ४१ सदस्य पाउनुपर्नेमा ९९ जना पाए । ९९ बाट ४१ घटाउदा ५८ जना हुन्छ त्यो खस क्षेत्रीहरुको भागबाट समेतउनैले पाए ।
बिगत १४ बर्ष देखि खसहरु आदिवासीमा सुचिकृत हुन आन्दोलन गरिरहेका छौ तर राज्यले लातहानेको हानेइ गरिरहेको छ । त्यसैले हामी खसहरु राज्यको सबैभन्दा बढी उत्पीडनमा परेका छौ । केही राहत पाउन खस–आर्यको टोकरीबाट खसहरुलाइ मुक्त गरेर आफ्नो जनसंख्या अनुसारको १६.६% को भाग छुट्याइदेउ भन्दा पनि जानाजान अटेर गर्ने काम आर्यहरुबाटै भैरहेको छ । खस र आर्य बेग्लाबेग्लै जाती हो तर आर्यहरु बलजफ्ती खसको आवरण भिरी रहेकाछन । (यश सत्यतालाइ राजनितीज्ञ प्रदिप नेपाल ले “हाम्रो इतिहासको आरम्भ हिमवतखण्डमा“ र इतिहासकार प्रा.डा. सुरेन्द्र के.सी. ले आफ्नो लेख “नेपालको जातीय प्रश्न र अहिलेका चुनौती“ मा स्पस्ट रुपले खस–आर्य बेग्ला बेग्लै हुन भनेर उदाहरण समेत दिएर लेखेका छन । त्यसैगरी विद्वान टोनी हेगनले आफ्नो पुस्तक नेपाल चिनारी को पेज ५० र ५१ मा समेत खस क्षेत्रीहरु आर्य होइनन अलग हुन भनेर लेखेका छन ।
खसहरुको यतिबिघ्न बढदो जनसंख्या नियन्त्रण गर्न के गर्नुपर्छ ?
क्षेत्री हिन्दु वर्णाश्रम अनुसार शासक वर्गको जात ,क्षत्रिय, बाट बनेको शब्द हो । क्षेत्रीहरुको एक हिस्सा पहिले पश्चिम नेपालमा बसोबास गर्ने भारोपेली समुहका प्राचीन रैथाने नेपाली खस जातिका सन्तान हुन । यी खसहरु भारोपेली मुलका त्यस्ता जाति हुन । जो परम्परागत रुपमा जाडरक्सी खानेगर्छन । हिन्दुस्तान बाट चौधौं शताब्दीमा बाहुन÷ आर्यहरु नेपाल पस्नुअघि पश्चिम नेपालका खसहरु बुद्ध धर्म को लामापन्थका अगुवाइ थिए र उनिहरुको समाजमा जाडरक्सी खाने चलन थियो । तर अहिले उनिहरु बिगतमा बुद्ध धर्म मान्दथे भन्ने कुराको सिजा, दैलेख को दुल्लु र सुर्खेतको काक्रेबिहारमा भग्नावशेष बाहेक अन्य कुनै चिन्ह भेटिदैन । हिन्दुस्थानबाट आएका आर्य बाहुनहरुले खस शासकलाइ बुद्ध धर्म त्यागेर हिन्दु वर्णाश्रम ब्यवस्था अपनाउन लगाए । अनि उनिहरुलाइ क्षेत्री बनाइदिए । यसरी बाहुनहरुले खस समुदायमा आफ्ना जजमान बढाए । त्यसपछि खसहरु सामाजिक प्रतिष्ठाका लागि पैसाले किनेर भए पनि क्षेत्री जात लिन थाले ।
खस क्षेत्रीहरुको संख्या यति धेरै बढनुको अर्को कारण छ – बाहुनले खस, नेवार, गुरुङ,मगर, ठकुरी जस्ता रैथाने जातिका छोरीहरु शीत विवाह गरेर जन्मेका ठिमाहा सन्तान पनि खस अर्थात क्षेत्री नै कहलिए । यसै कारणले गर्दा खस क्षेत्रीहरुको शारीरिक बनावटमा पनि एक रुपता पाइदैन ।
त्यसैले अब !
(१) बाहुनले अन्यजातिका महिला सित अन्तरजाती बिवाहा गरेर जन्मेका सन्ततीहरुलाइ आर्य÷ब्राह्मणको दर्जामा नराखी जस्लाइ आज सम्म खसिया भनेर उस्तै मिल्दोजुल्दो शब्द खसहरुको जातिमा राख्ने प्रचलन कायम गराइएको छ, त्यस्ता सन्ततिहरुलाइ खस जातिमा राख्ने गरेको कारण खसहरुको जनसंख्या अत्याधिक रुपमा बढिरहेको हुदा उनिहरुलाइ आर्य÷ब्राह्मण मै राख्ने गर्नु पर्दछ । किनभने उनिहरु आर्यहरु कै बिजबाट पैदा भएका सन्तती हुन । जसरी खसहरुले अन्तर जातिय बिवहाँ गरेर ल्याएकी श्रीमती बाट जन्मिएका सन्ततीहरु खस नै हुने प्रचलन रहेको छ ।
(२) आफुलाइ ठकुरी, राजपुत वा क्षेत्री हौ भन्ने जातिकाहरु जो लामो समय शासन सत्ता चलाएर जातोन्न्ती भएर बढुवा भएका जातिहरु छन र जो आफुहरु खस होइनौ भनिरहेका छन तिनिहरु लाइ पन् िखसहरुको कित्ता बाट आर्य वा अन्य कुनै जो उनिहरु चाहन्छन त्यसैमा राख्नु पर्दछ र त्यस पछि मात्र स्पष्ट रुपमा सिन्जाली खस सभ्यता बोकेका सनातनी मष्टो मार्गी ÷ धामी प्रथा अगालेका खसहरुको स्पष्ट पहिचान र किटान हुनेछ । यही महान उदेश्य प्राप्तिका लागि हाम्रो खसान राष्ट्रिय संघर्ष समिति विभिन्न पहिचानबादी समुहहरू, लिम्बुवान, किरात खम्बुवान,शेर्पा, तामाङसालीङ, नेवाः, तमुवान, मगरात, थरूहट, मधेशी र दलित शीत सहकार्य गरेर पहिचान र सह अस्तित्वको लागि संघर्ष गरिरहेका छौ । खसहरुका वास्तविक समस्या त्यसको जरो बुझाउन नसकेको कारण आदिवासी जनजाति र मधेशीहरुले नेपालको संविधान २०७२ बन्नु अगाडिका आन्दोलनमा बाहुन क्षेत्री काटिन्छ, आलोरगत चाटिन्छ, जस्ता नाराहरु लागाए । आज जब हामी खसानका अभियन्ताहरुले उहाहरु संग वार्ता,सम्बाद र सहकार्य गरयौ र हामी खसहरु सिजाली खस सभ्यता बोकेका मष्टो धर्म संस्कृति धामि प्रथा मान्ने यो देशका शासकहरु बाट उत्पिडनमा पारिएका बर्गका हौ भनेर कन्भेन्स गरयौ र अहिले कार्यगत एकता गरेर पहिचानको खोजीमा लडिरहेका छौ यस्तो समयमा आफ्नो जाती र माटिका लागि आवाज बुलन्द पार्नुको साटो तिनै नश्लबादी शासकहरुले कल्याण गर्छन र वैतड्नी तारिदिन्छन भनेर उनकै लगौटी थामेर बसिरहेका खस बन्धुहरुमा अब त केही सोचौ मनन गरौ ! जाती र माटिका लागि योगदान गरौ भन्न चाहन्छौ !
(३) समाजमा रहेको जातिय भेदभाव अन्त्य गर्न मनुस्मृतिमा आधारित जातीय प्रथा बहिष्कार गर्न सक्नुपर्छ । अर्थात भात खाइसके पछि जात खोट्याउन पाइदैन । गणतन्त्र, धर्मनिरपेक्षता, सँघियता र समावेशी लोकतन्त्र सहितको संविधान २०७२ स्वीकार गरिसकेपछि अक्षरस पालना गरिनु पर्दछ ।
धन्यवाद ! जय खस ! जय मष्टो !!

प्रतिक्रिया