पदमुक्त बादलको आजै पुन:नियुक्ति, साँझ सपथ

पदमुक्त बादलको आजै पुन:नियुक्ति, साँझ सपथ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल ‘राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । पदमुक्त भएका थापाले आझै पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । थापाको साँझ ५ बजे राष्ट्रपति भवनमा सपथ ग्रहण हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेपछि उनी मन्त्री बन्न लागेका हुन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेका थिए। सोहीअनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आइतबार स्वीकृत गर्दै तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया