रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने

रिक्त राष्ट्रियसभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन हुने

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ । मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।

उपचुनाव घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ । बिहीबार नै उपनिर्वाचन तयारीसम्बन्धी थालेको आयोगले भनेको छ, ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया