भारतीय राजदुताबासद्धारा भैरवीलाई एम्बुलेन्स सहयोग

भारतीय राजदुताबासद्धारा भैरवीलाई एम्बुलेन्स सहयोग

दैलेख : भारतीय राजदुताबासले दैलेखको भैरबी गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । भारतीय राजदुताबासले सहयोग गरेको एम्बुलेन्स शनिवार दैलेख ल्याई पु¥याईएको छ । भैरबी गाउँपालिका–५ का वडाध्यक्ष हेमलाल जैसीको पहलमा भैरबी गाउँपालिकाले एम्बुलेन्स सहयोग पाएको हो ।
भारतीय राजदुताबासद्धारा प्रदान गरिएको एम्बुलेन्स सुविधासम्पन्न रहेको बताईएको छ । गाउँपालिकामा सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था भएपछि बिरामीलाई सहजै सुविधा सम्पन्न अस्पताल पु¥याउन सकिने वडाध्यक्ष जैसीले बताए ।
दुताबासद्धारा सहयोग प्रदान गरिएको सुविधासम्पन्न एम्बुलेन्स गाउँपालिकामा ल्याईपु¥याएसँगै गाउँपालिकाका आम नागरिकहरुलाई सहज हुने अपेक्षा राखिएको भैरबी गाउँपालिकाका इन्जिनियर हीरासिंह थापाले बताए । नयाँ भेरियन्ट सहित तिव्र गति फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा पनि सहयोग पुग्ने इन्जिनियर थापाको भनाई छ ।

प्रतिक्रिया