कोरोना संक्रमितको नयाँ रेकर्ड : ७४४८ जनामा संक्रमण, ३७ को मृत्यु

कोरोना संक्रमितको नयाँ रेकर्ड : ७४४८ जनामा संक्रमण, ३७ को मृत्यु

काठमाडौं : नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हालसम्मकै उच्च हो।१६ हजार ६५८ पीसीआर र ५१८ एन्टिजेन परीक्षणमा ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय ६२ पुगेको छ। मन्त्रालयका अनुसार २१२ जना क्वारेन्टाइन र ५४ हजार ४१ जना आइसोलेसनमा छन्। उपत्यकामा एकै दिन ३ हजार ६६६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ कोरोना संक्रमित थपिएका हुन्।  आइतबार  ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया