कोरोनाको ग्राफ बढ्दो : एकै दिन ९ हजार ७० जनामा संक्रमण पुष्टि

कोरोनाको ग्राफ बढ्दो : एकै दिन ९ हजार ७० जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दो छ। बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनाको रिपोर्ट पोजिटिभ आएको हो ।  मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया