वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने मन्त्रिपरिषद् बैठककाे निर्णय

काठमाडौँ : सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘आज बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको छ,’ मन्त्री ज्ञवालीले भने, ‘त्यो ५०० शय्याबाट सुरु हुन्छ । पछि विस्तार हुन्छ । त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरुको कमान्ड पनि गर्छ ।’यसअघि सीसीएमसीको बैठकले पनि वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया