मतदानमा अनुपस्थित हुने नेपाल पक्षका सांसदहरुको निर्णय

मतदानमा अनुपस्थित हुने नेपाल पक्षका सांसदहरुको निर्णय

काठमाडौँ : नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । तर, त्यसअघि बसेको नेपालपक्षका सांसदहरुको बैठकले संसदमा अनुपस्थिति हुने निर्णय लिएको हो ।

सांसदहरुको बैठकमा सांसदहरुले आफ्ना धारणा राख्नेक्रममा केही सांसदले राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर बीचको बाटो खोज्न सुझाव दिएको बताए ।

‘बैठकमा राजीनामा दिनुपर्छ भन्नैमै हुनुहुन्छ झलनाथ र माधव कमरेड,’ छलफलमा रहेका ती नेताले भने, ‘सकेसम्म बीचको बाटो खोजौं भन्ने केही सांसदको राय आएको छ । तर, राजीनामा दिनुपर्छ भन्नेहरुको मत बलियो थियो ।’ आइतबार बेलुकी सिंहदरबारमा बसेको खनाल–नेपालपक्षका सांसदहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजे सम्मको समय दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया