संसद्को चालु अधिवेशन अन्त्य

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिशेवन सोमबार मध्यरातिबाट अन्त्य गरेकी छन् ।संसदमा विश्वासको मत लिन नसकेपछि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको प्रतिनिधि सभाको सूचनापत्रमा राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २७ सोमबार राति १२:०० बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गरेकाले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया